२०७८ मङ्सिर ११ गते शनिवार
२०७८ मङ्सिर ११ गते शनिवार

शान्तिनगरका ११ संक्रमित मध्ये ८ जना एउटै परिवारका

शान्तिनगर : दाङ शान्तिनगरका एकै परिवारका ८ जनामा कोरोना संक्रमण देखिएको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको स्वाब परिक्षणमा शान्तिनगर गाउँपालिका वडा नम्बर ४ का एकै परिवारका ८ जनामा कोरोना संक्रमित देखिएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक हरि पुनले जानकारी दिनुभयो ।

वडा नं. ४ का कोरोना संक्रमित सवै भारतको गोवाबाट आएकाहरुमा देखिएकाले कोरोना सचेतनामा थप ध्यान दिने वडा अध्यक्ष धन वहादुर केसीले बताउनुभयो ।

वडा नं. ४ का ९ जना सहित ११ जनामा कोरोना संक्रमण देखिएको हो । अन्य शान्तिनगर–३ का एक जना र शान्तिनगर–५ का १/१ जनामा कारोना संक्रमण पुष्टि भएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक पुनले जानकारी दिनुभयो ।

संक्रमित हुनेमा ५ वर्षिय बालकदेखि ४२ वर्ष उमेर समुहका रहेका छन् । शान्तिनगरका संक्रमित सबै जना भदौ २ गते भारतबाट आएर क्वारेन्टाइनमा बसेका रहेको उहाँले बताउनुभयो ।

शान्तिनगरमा अहिले १२ जना सक्रिय संक्रमित रहेका छन । आज थपिएका ११ जनासंगै कुल संक्रमितको संख्या ३५ पुगेको छ । यद्यपी २ जनाको जिल्ला बाहिर संक्रमण पुष्टि भएको संयोजक पुनले जानकारी दिनुभयो ।