२०७८ मङ्सिर १६ गते बिहिवार
२०७८ मङ्सिर १६ गते बिहिवार

तुलसीपुरका प्रमुख प्रशासकिय अधिकृत १५ लाख धरौटीमा रिहा

प्रमुख प्रशासकीय अधिकृत कृष्णकान्त उपाध्याय ।

तुलसीपुर : तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णकान्त उपाध्याय १५ लाख धरौटीमा रिहा भएका छन् ।

उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, भ्रष्टाचार निवारण ऐन र मुलुकी फौजदारी कार्यविधि संहिता बमोजिम जमानतमा रिहा गरिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार उनलाई ३ महिनासम्म निलम्बन समेत गरिएकोे छ । प्रमुख प्रशासकीय अधिकृत उपाध्यायलाई घुस सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले काठमाडौं जाँदै गर्दा साउन १६ गते नागढुंगामा पक्राउ गरेको थियो ।

उनीसँग एक लाख ४० हजार नगद र आठ लाख बैंकमा जम्मा गरेको भौचर बरामद गरेर हिरासतमा राखेर मुद्दा चलाइएको थियो ।