२०७८ कार्तिक ३० गते मङ्गलवार
२०७८ कार्तिक ३० गते मङ्गलवार

ईप्रका हापुरेका इञ्चार्ज वलीको विदाई

हापुरे : ईलाका प्रहरी कार्यालय हापुरेका इञ्चार्ज प्रहरी नायव निरिक्षक देवराज वलीलाई एक कार्यक्रम विच विदाई गरिएको छ ।

ईलाका प्रहरी कार्यालय तुलसीपुरमा सरुवा भई जान लागेका प्रहरी नायव निरिक्षक वलीलाई ईलाका प्रहरी कार्यालय खिलतपुरमा विदाई गरिएको हो ।

ईलाका प्रहरी कार्यालय खिलतपुरका प्रमुख मोहन विक्रम केसी लगायतको प्रहरीको टोलीले प्रहरी नायव निरिक्षक वलीलाई आगमी दिनको सफल कार्यकालको शुभकामना दिदै विदाई गरेको हो ।

प्रहरी नायव निरिक्षक वलीले हापुरे लगायत पश्चिमदाङको शान्ति सुरक्षामा राम्रो काम गर्दै आउनु भएको थियो ।