२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

विद्यार्थीलाई घरमै गएर गृहकार्य र कोरोना सचेतना

शान्तिनगर : शान्तिनगर गाउँपालिका वडा नंं. १ मा रहेको वीरेन्द्र माविले विद्यार्थीहरुको घरमै गएर होमवर्क र अभिभावकलाई कोरोना सचेतना कार्यक्रम सुरु गरेको छ ।

लामो समयसम्म कोरोनाका कारण विद्यालय वन्द भएपछि घरमै गएर विद्यार्थीलाई गृहकार्य, विद्यार्थीहरुको अवस्थाबारे जानकारी र अभिभावकलाई कोरोना सचेतना कार्यक्रम सञ्चालन गरेको विद्यालय जनाएको छ । सोमबारदेखि विद्यालयले यस्तो कार्यक्रम सञ्चालन गरेको हो ।

सोमबार वडा नं. १ को गुण्डले, बुढीचौरका विद्यार्थीहरुको घरमा गएर हो वर्क, विद्यार्थीहरुको अवस्था र विद्यार्थी तथा अभिभावकहरुलाई कोरोनाबाट बच्ने उपायबारे सचेतना दिएको विद्यालयका प्रधानाध्यापक कुल वहादुर डाँगीले बताउनुभयो ।

मास्कको प्रयोग र सावुन पानीले मिचिमिचि हात धुने जस्ता कोरोना भाइरसबाट बच्ने उपायका बारेमा जानकारी गराईएको प्रधानाध्यापक डाँगीले बताउनुभयो ।