२०७८ मङ्सिर १४ गते मङ्गलवार
२०७८ मङ्सिर १४ गते मङ्गलवार

लमहीको एक होटेलबाट ब्राउन सुगरसहित ३ जना पक्राउ

लमही : लागु औषध ब्राउन सुगर सहित दाङमा तिन जना पक्राउ परेका छन् ।

लमही नगरपालिका २ श्रिगाउँ स्थित ड्रिमल्याण्ड होटलबाट उनीहरुलाई गएराती साढे १२ बजेतिर पक्राउ गरिएको पाँच नम्वर प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङले जनाएको छ ।

पक्राउ पर्नेहरुमा कपिलबस्तु शिवराज नगरपालिका २ का ४० बर्षिय शालिक राम सारुमगर, उनकी श्रीमती ३३ बर्षिया पार्वती सारु मगर र सोहि ठाउँका ३२ बर्षिय चन्द्र बहादुर बगाले मगर रहेको प्रहरी बरिष्ठ उपरिक्षक राजकुमार बैदावारले जानकारी दिएका छन् ।

गोप्य सुचनाको आधारमा प्रहरी सहायक निरीक्षक युवराज गौतमको कमाण्डमा सादा पोसाकमा गएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

साथै प्रहरीले उनीहरुको साथबाट खेरो रङको धुलो पदार्थ ३९ ग्राम र उनीहरुले प्रयोग गर्ने गरेको बा १२ च २११६ नम्वरको स्कारपियो गाडी बरामद गरेको छ । सोहि होटेलको माथिल्लो तलाको कोठामा बसीरहेका शालिक राम सारुमगरको शरीर खानतलासी गर्दा लागु औषध फेला परेको प्रहरीले जनाएको छ ।

घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।