२०८१ बैशाख ६ गते बिहिवार
२०८१ बैशाख ६ गते बिहिवार

त्रिवेणीका ९ जना नेपाली कांग्रेस परित्याग गरी नेकपामा प्रवेश

सल्यान : सल्यानको त्रिवेणी गाउँपालिकामा नेपाल कम्यूनिष्ट पार्टी नेकपाले पार्टीका सांगठनिक गतिबिधीलाई सक्रिय बनाउन थालेको छ । पार्टी एकिकरण पश्चात गाउँस्तरमा केही समय यता नेकपाको सांगठनिक गतिबिधीमा कमी आएको भए पनि हाल पछिल्लो समय चलायमान हुन थालेको छ । सोही अनुसार सल्यानको त्रिवेणी गाउँपालिकामा पनि नेकपाका कार्यक्रमहरु सुरु हुन थालेका हुन ।

सोमबार त्रिवेणी १ काभ्रामा नेपाल कम्यूनिष्ट पार्टी वडा नम्बर १ का अध्यक्ष रत्न राना, सचिब छबि बुढाथोकी लगाएत वडा कमीटीका अन्य पदाधिकारी र वडा सदस्यहरुलाई पद तथा गोपानियताको सपथ खुवाईएको छ । सपथ ग्रहण कार्यक्रम वडा कमीटीका अध्यक्ष रत्न रानाको अध्यक्षता तथा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य एवम् सल्यान जिल्ला ईन्चार्ज तथा संघिय सांसद टेकबहादुर बस्नेतको प्रमुख आतिथ्यता तथा नेकपा नेता लोकेन्द्र खड्का, भिसन नेपाली र अजय रोकाको बिशिष्ट आतिथ्यतामा सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा ९ जना विभिन्न पार्टी परित्याग गरी नेकपामा प्रबेश गरेका छन् । त्रिवेणी गाउँपालिका वडा नम्बर १ का ९ जनाले नेपाली कांग्रेस पार्टी परित्याग गरी नेकपामा प्रबेश गरेको नेकपाका नेता डिल्लीराज खड्काले जानकारी दिनुभएको छ ।