२०७८ मङ्सिर १४ गते मङ्गलवार
२०७८ मङ्सिर १४ गते मङ्गलवार

शौचालय जाने क्रममा लडेर सशस्त्र प्रहरीका हवल्दारको मृत्यु

सांकेतिक तस्वीर ।dea

दाङ : प्यूठानमा एक जना सशस्त्र प्रहरीका बरिष्ठ हवल्दारको लडेर घटनास्थलमै मृत्यु भएको छ ।

जिल्लाको नगरपालिका वडा नं. २ साढेखोला निवासी बरिष्ठ प्रहरी हवल्दार ३५ बर्षीय द्रोर्णकुमार विष्टको लडेर घटनास्थलमै मृत्यु भएको छ ।

घर विदामा आएका विष्टको सोमवार विहान अन्दाजी साढे १० बजेतिर आफ्नै घरको शौचालय जाने क्रममा लडेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

५ नम्वर प्रदेश प्रहरी प्रबक्ता एसएसपी राजकुमार बैदवारका अनुसार विष्ट सशस्त्र प्रहरी बल नं. १६ गण सिन्धुपाल्चोकमा कार्यरत थिए ।

घटनावारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।