२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

महिला राष्ट्रिय क्रिकेट टोलीको कोरोना बिमा

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय महिला क्रिकेट टोलीको कोरोना बिमा गरेको छ । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि क्यानले दोस्रो चरणमा महिला टोलीको कोरोना बिमा गरेको जनाएको छ ।

क्यानले मंगलबार एक विज्ञाप्ति जारी गर्दै राष्ट्रिय सिनियर टोलीका १८ खेलाडीको कोरोना बिमा गरेको जनाएको छ । क्यानले पछिल्लोपटक राष्ट्रिय महिला सिनियर टोलीको अन्तिम १८ मा परेका खेलाडीको कोरोना बिमा गरेको हो ।

नेपाली राष्ट्रिय महिला टोलीले अन्तिमपटक गत वर्ष घरेलु भूमिमा आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) मा खेलेका थिए । सागमा खेल्ने तिनै १८ महिला क्रिकेटरको क्यानले कोरोना बिमा गरेको हो ।