२०८० चैत्र १५ गते बिहिवार
२०८० चैत्र १५ गते बिहिवार

भेरी अस्पतालका डाक्टरसहित १५ जनामा कोरोना पुष्टि

भेरी अस्पताल । बाँके

नेपालगञ्ज : भेरी अस्पतालका एक डाक्टरसहित बाँकेका ९ र बर्दियाका ६ गरी १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मंगलबार भेरी अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा भेरी अस्पतालका फिजिसियन डाक्टर सहित बाँकेका ९ र बर्दियाका ६ गरी १५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार भेरी अस्पतालका एक डाक्टर, एभरेस्ट बैंकका दुई कर्मचारी, वडा प्रहरी कार्यालयका एक प्रहरी सहित बाँकेका ९ र बर्दियाका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

भेरी अस्पतालका फिजिसियन डाक्टर राजन पाण्डेले आफ्नो फेसबुक मार्फत आफुलाई कोरोना संक्रमण पुष्टि भएको जनाएका छन ।