२०७८ मङ्सिर १२ गते आइतवार
२०७८ मङ्सिर १२ गते आइतवार

दाङमा ९२ प्रतिशत संक्रमित कोरोनामुक्त

फाइल तस्वीर ।

दाङ : दाङमा कोरोना संक्रमण पुष्टि भएका मध्य ९२ प्रतिशत संक्रमित कोरोना मुक्त भएका छन् ।

स्वास्थ्य कार्यालय दाङका अनुसार अहिले सम्म ७ सय २८ जना संक्रमित भएकोमा ६ सय ७५ जना कोरोनामुक्त भएका हुन् ।

अहिले दाङमा ५० जना संक्रिय संक्रमितहरु आइसोलेशनमा रहेका छन् ।

दाङमा सबै भन्दा धेरै घोराही उपमहानगरपालिकामा २ सय ८० जना संक्रमित भेटिएकोमा २ सय ७१ जना निको भैसकेका छन् ।