२०७९ असोज १९ गते बुधवार
२०७९ असोज १९ गते बुधवार

१० बुँदे परिक्षण निर्देशिका अनुसार कोभिड बिरुद्ध : डा. गिरी

सुशील बस्नेत, 
दाङ : कोभिड –१९ रोकथाम र नियन्त्रणका लागि प्रदेश नम्वर ५ को रणनीतिक योजना, कार्यान्वन र चूनौती बिषयक भर्चुअल मार्फतको सम्बाद आज मंगलबार भएको छ ।

संबाद समूह प्रदेश नम्वर ५ सचिवालयको आयोजनामा भएको भर्चुअल मार्फतको संबादमा सामाजिक बिकास मन्त्रालय, प्रदेश नम्वर ५ का स्वास्थ निर्देशक डाक्टर बिनोद गिरीले कोरोना भाईरस संक्रमण रोकथाम र नियन्त्रणका लागि १० बुँदे निर्देशिका बनाई काम भईरहेको जानकारी दिनुभयो । उहाँले सोही निर्देशीका अनुसार कुन कुन क्षेत्रका ब्यक्तिको स्वाब टेष्ट गर्ने, कति दिन सेल्फ क्वारेन्टाईनमा बस्ने लगायतका उल्लेख भएको बताउनुभयो ।

उहाँले कोरोना भाईरस संक्रमण समुदाय सम्म फैलन नदिन केस स्टडीको तयारी शुरु हुन लागेको जानकारी दिनुभयो । अव अक्सीजन सहितको बेड भएको स्वास्थ्य संस्था बनाउने तयारीमा जुटेको बताउनुभयो । अक्सीजन र मनिटर भएका बेड बनाउने तयारीमा जुटेको प्रदेश सरकारले ठुलो संख्यामा भेन्टीलेटरमा राख्न सकिने अवस्था आएमा समस्या नहुने डाक्टर गिरीले जानकारी दिनुभयो ।

जिल्ला समन्वय समिति बर्दियाका संयोजक शंकरप्रसाद चौधरी र शिवराज नगरपालिका कपिलबस्तुका उपप्रमुख शिव कुमारी चौधरीले प्रबिधीमा आएको समस्याका कारण भनाई राख्न असर्मथ हुनुभएको थियो, भने सन्धीखर्क नगरपालिका अर्घाखाँचीका उपप्रमुख डाकुर बिक र धुर्कोट गाँउपालिकाका प्रमुख भुपाल पोख्रेलले प्रदेश सरकारले संघिय सरकार र स्थानीय तहको हरेक क्रियाकलापलाई जोड्न प्रभाबकारी भूमिका खेल्नुपर्ने सुझाब दिनुभयो । तथापि स्थानीय तहले कोभिड –१९ रोकथाम र नियन्त्रणका लागि हरसम्भव प्रयास गरिरहेको बताउनुभयो ।

स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजजंग शाह र पुथा उत्तरगंगा गाँउपालिका रुकुम पूर्बका स्वास्थ्य शाखा प्रमुख समिर गिरीले प्रबिधिका कारण कुरा राख्न असमर्थ हुनुभएको थियो, भने शान्तिनगर गाँउपालिका दाङका स्वास्थ्य शाखा प्रमुख हरी पुनले संक्रमण बढ्न नदिन भारतबाट आउने मानिसहरुलाई होल्डीङ सेन्टरमा राखेकालाई सिधै पालिका सम्म पुर्याउनुपर्ने सुझाब दिनुभयो ।

पश्चिम नवलपरासीका महिला अधिकारकर्मी राधा खत्री, प्युठानका रेडियोकर्मी भूवन सुनार, रोल्पाका पत्रकार कविता उपाध्याय र पाल्पाका पत्रकार सिता डोटेलले भर्चुअल मार्फतको संबादमा भाग लिनुभएको थियो ।

कार्यक्रमको सहजिकरण संबाद समूहका बरिष्ठ सहजकर्ता सुशील बस्नेत र बुटवलका फोकल पर्सन बिक्रम खड्काले गर्नुभएको थियो ।