२०७८ मङ्सिर ११ गते शनिवार
२०७८ मङ्सिर ११ गते शनिवार

सल्यान जिल्लामा भित्रिन पिसिआर रिपोर्ट अनिवार्य

फाइल तस्वीर ।

दाङ : कोरोना भाइरस महामारी बढ्न थालेपछि सल्यान जिल्ला प्रवेश गर्ने सबै जनालाई पिसिआर रिपोर्ट अनिवार्य गरिएको छ ।

नागरिकहरुको आवातजावत हुँदा कोरोना भाइरसको संक्रमण फैलने जोखिम बढी हुने भन्दै जिल्ला प्रशासन कार्यालय सल्यानले अब जिल्लामा प्रवेश गर्ने सबैलाई पिसिआर रिपोर्ट अनिवार्य गरेको हो ।

कर्णाली प्रदेश भित्रिने मुख्य नाकामा सल्यानको कपुरकोट र कालीमाटी नाकामा कडाई गरिने भएको छ । दुवै नाकाबाट जिल्ला प्रवेश गर्नेलाई पिसिआर रिपोर्ट अनिवार्य गरिएको प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले जानकारी दिनुभयो ।

कर्णाली प्रदेश सरकारको निर्णय वमोजिम जिल्ला भित्रिने सबैलाई पिसिआर रिपोर्ट नेगेटिभ अर्थात कोरोना नभएको हुनुपर्ने उहाँको भनाई छ ।