२०७८ मङ्सिर १४ गते मङ्गलवार
२०७८ मङ्सिर १४ गते मङ्गलवार

मंगलबार दाङमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि

दाङ : मंगलबार दाङमा थप ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा गरिएको स्वाब परिक्षणमा राप्ती गाउँपालिका वडा नम्बर १ का ३० र ३२ बर्षका दुई जना र वडा नम्बर ४ का ३२ बर्षका एक जनामा कोरोना पोजेटिभ देखिएको हो ।

तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दाङमा १८ जना व्यक्तिमा कोरोना पोजेटिभ देखिएको बताएको छ । स्वाब परिक्षण गर्ने राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानले भने तीन जना मात्रैको बिबरण सार्वजनिक गरेको छ ।

मंगलबार भेटिएका तीन जना संक्रमित सँगै दाङमा कोरोना संक्रमितको संख्या ७ सय ३१ जना पुगेको छ ।