२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

अर्घाखाँचीमा निषेधाज्ञा एक साता थप

अर्घाखाँची : जिल्ला प्रशासन कार्यालयले अर्घाखाँचीमा निषेधाज्ञा भदौ १७ गतेसम्म थप गरेको छ ।

जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन समितिको मंगलबार बसेको बैठकले कोरोना संक्रमण बढ्दै गएकाले ७ दिन निषेधाज्ञा थपेको हो । यसअघि १० गते बुधबारसम्म निषेधाज्ञा थियो ।

निषेधाज्ञाको समयमा अत्यावश्यक बाहेकका सबै सेवा बन्द हुनेछन् ।

पछिल्लो समय जिल्लामा तीन स्वास्थ्यकर्मी, एक कार्यालय प्रमुखसहित १४ जनामा कोरोना संक्रमण देखिएको छ ।