२०७९ असोज २१ गते शुक्रवार
२०७९ असोज २१ गते शुक्रवार

मुख्यमन्त्री पोखरेलको सुरक्षामा खटिएका ३ प्रहरीमा कोरोना

सांकेतिक तस्वीर ।

बुटवल : प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलको सुरक्षामा खटिने एकजना हवल्दारसहित ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी प्रतितसिंह राठौरका अनुसार उनीहरुमध्ये १ जना हवल्दार र २ जना प्रहरी जवान हुन्।
उनीहरु मुख्यमन्त्रीको स्कर्टिङमा खटिदै आएका थिए।

मुख्यमन्त्री कार्यालयका कर्मचारी र सुरक्षाकर्मीहरुको पीसीआर स्वाब परीक्षण गर्ने क्रममा उनीहरुमा संक्रमण पुष्टि भएको राठौरले जानकारी दिए।

यसअघि ५ दिनअघि पनि इलाका प्रहरी कार्यालय बुटवलका एकजना प्रहरीमा संक्रमण देखिएको थियो। उनीहरु सबैजना आइसोलेशनमा छन्।

-समयचक्रबाट