२०७८ मङ्सिर १५ गते बुधवार
२०७८ मङ्सिर १५ गते बुधवार

फरार करणी मुद्धाका दोषि एक जना पक्राउ

फाइल तस्वीर ।

दाङ : जवरजस्ती करणी मुद्धामा दोषि ठहर भई फरार भएका एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दाङको राप्ती गाउँपालिका वडा नम्वर ३ बस्ने सन्दिप चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता तथा डिएसपी सुमित खड्काले जानकारी दिएका छन् ।

सर्वोच्च अदालतले २०७३/५/२७ गते सामुहिक जवरजस्ती करणी मुद्धामा चौधरीलाई दोषि ठहर गदै दश वर्ष तिन महिना १९ दिन कैद सजायको फैसला गरेको थियो ।

सोहि मिति देखी फरार भएका चौधरीलाई खोजतलास गर्ने क्रममा सोहि वडाको मसुरियाबाट मंगलवार दिउँसो पक्राउ गरेको डिएसपी खड्काले जानकारी दिएका छन् । पक्राउ परेका चौधरीलाई सजाय भुक्तान गर्नका लागी दाङ देउखुरी जिल्ला अदालत उपस्थित गराईएको उनले जानकारी दिएका छ्न ।