२०८१ बैशाख ४ गते मङ्गलवार
२०८१ बैशाख ४ गते मङ्गलवार

दाङमा कालो बजारी गरेको आरोपमा तिन व्यापारी पक्राउ

सांकेतिक तस्वीर ।

दाङ : दाङमा प्रहरीले कालो बजारी गरेको आरोपमा तिनजना व्यापारीलाई पक्राउ गरेको छ । गढवा बजार र त्यसको आसपासको क्षेत्रमा रहेका रासायिनिक मलका विक्रेताहरुले चर्को मुल्यमा युरिया विक्री वितरण भईरहेको भन्ने गोप्य सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय गढवा र जिल्ला प्रशासन कार्यालय दाङको सयुक्त अनुगमनको टोलिले गढवा गाउँपालिका वडा नम्वर ५ निवासी सुनिल पोख्रेल, वडा नम्बर निवासी राजकुमार गुप्ता सोहि ठाउँ निवासी युवराज पाण्डेलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरिक्षक भरतसिंह राठोरले जानकारी दिनुभयो ।

उनिहरूको पसलवाट प्रतिबोरा ७२१ पर्ने रासायीनिक मल (युरिया) लाई प्रति बोरा २४०० रुपैयाको दरले विक्रि गरी उपभोक्तालाई ठगी गरेकाले मुलुकी फौजदारी कार्यविधी सहिता,२०७४ को दफा १४ बमोजिम म्याद थप गरी अनुसन्धान भई रहेको प्रहरी निरिक्षक राठोरले जानकारी दिनुभयो ।