२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

५१ सेनासहित बाँकेमा एकैदिन ७३ जनामा कोरोना पुष्टि

सांकेतिक तस्वीर ।

नेपालगञ्ज : बुधबार बाँकेमा अहिलेसम्मकै धेरै कोरोना संक्रमित फेला परेका छन ।

स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार नेपालगन्जको भेरी अस्पतालमा गरिएको परिक्षणमा २२ जना र बागेश्वरी डाइग्नोस्टिक प्रयोगशालामा गरिएको परिक्षणमा ५१ गरी ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

आज संक्रमित मध्ये, नेपाली सेनाको पश्चिम पृतना शिक्षालय कौशिल्यानगर कोहलपुरमा कार्यरत ५१ जना नेपाली सेनाका हुन, भने ८ जना नेपाल टेलीकमका कर्मचारी, बैंकका कर्मचारी लगायत रहेको फोकल पर्सन श्रेष्ठले जानकारी दिए ।