२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

दाङमा १८ महिने शिशुसहित थप १६ जनामा कोरोना संक्रमण

घोराही : दाङमा बुधबार थप १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परिक्षणमा घोराहीमा ९ जना र तुलसीपुरका ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

घोराही उपमहानगरपालिका वडा नम्बर ३ का एक जना, वडा नम्बर ११ का एक जना, वडा नम्बर १४ का ३ जना, वडा नम्बर १५ का ३ जना र वडा नम्बर १८ का एक जना गरी ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेमा १८ महिने बच्चा समेत रहेका छन् ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ र ५ का एक एक जना, वडा नम्बर ६ का २ जना, १०, ११ र १७ नम्बर वडामा एक एक जना गरी ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको प्रतिष्ठानले जनाएको छ ।

यो सँगै दाङमा कोरोना संक्रमितको संख्या ७ सय ४७ पुगेको छ । ति मध्ये ६ सय ८१ जना निको भएका छन् ।