२०७८ मङ्सिर २ गते बिहिवार
२०७८ मङ्सिर २ गते बिहिवार

भूमीहिनहरुले एक बर्ष भित्र लालपुर्जा पाउँछन्: बस्नेत

बबई : भूमीहिनहरुले अवको एक बर्ष भित्र हात हातमा लालपुर्जा पाउने भुमी सम्बन्धी समस्या समाधान आयोग ५ नं प्रदेशका संयोजक शोभाराम बस्नेतले बताउनु भएको छ । भुमी सम्बन्धी समस्या समाधान आयोगले भुमिहिनका लागि आवश्यक प्रक्रिया अगाडि बढाईसकेको हुनाले एक बर्ष हात हातमा लालपुर्जा आउने संयोजक बस्नेतले बताउनुभयो ।

नेकपा बबई गाउँपालिका वडा नं. ७ ले गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै संयोजक बस्नेतले बर्षौ देखि जग्गा उपभोग गर्दै आएका तर हातमा लालपुर्जा नपाएर भुमिहिन भएकाहरुको लागि भुमी सम्बन्धी समस्या समाधान आयोग अगाडि बढेको बताउनुभयो । नेकपा बबई ७ का अध्यक्ष धनीराम चौधरीको अध्यक्षतामा भएको स्वागत तथा सम्मान कार्यक्रमका प्रमुख अथिति समेत रहेका संयोजक बस्नेतले भुमिहिनहरुको पक्षमा आफू सधै लाग्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

कार्यक्रममा प्रदेश नं ५ का प्रदेश सभा सदस्यहरु विमलाकुमारी वली, धमकली चौधरी, नेकपा प्रदेश सदस्य भिमबहादुर वली, बबई गाउँपालिका अध्यक्ष भुवनेश्वर पौडेलको, उपाध्यक्ष सावित्रा विश्वकर्मा, जिल्ला खेलकुद विकासका पूर्व अध्यक्ष डिल्ली डाँगी, जिल्ला समन्वय समितीका सदस्य जगतबहादुर बस्नेत, मोहनलाल थापा लगायतले विभिन्न ठाउँमा भुमिहिनहरुको डाटा संकलन गरी लाल पुर्जाको व्यवस्था चाडै गर्नुपर्ने बताएका थिए ।

७ नं वडाका सह–इञ्चार्ज रुपा रानाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण सचिव जगत चौधरीले गर्नु भएको थियो ।