२०७९ असोज २१ गते शुक्रवार
२०७९ असोज २१ गते शुक्रवार

प्रदेश ५ मा मात्रै कोरोनाबाट २३ जनाको मृत्यु

बुटवल : नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १७५ पुगेको छ ।

प्रदेश ५ मा मात्रै २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

कोरोनाका कारण सातवटै प्रदेशमा संक्रमितको ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बुधबार मात्रै ११ कोरोना संक्रमितको ज्यान गएको थियो ।

हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ३४ हजार ४१८ पुगिसकेको छ । यसमध्ये १९ हजार ५०४ संक्रमित निको भएर घर फर्किसकेका छन् । मन्त्रालयका अनुसार हाल १४ हजार ७३९ आइसोलेसनमा र ९ हजार ८३२ क्वारिन्टनमा छन् ।

हालसम्म ६ लाख ३५ हजार २५२ जनाका पीसीआर परीक्षण गरिएको छ ।