२०८१ मङ्सिर २१ गते शुक्रवार
२०८१ मङ्सिर २१ गते शुक्रवार

भेरी अस्पतालका थप दुई चिकित्सकमा कोरोनाको संक्रमण

फाईल तस्विर ।

नेपालगन्ज :  भेरी अस्पताल नेपालगन्जका थप दुई चिकित्सकमा कोरोनाको संक्रमण देखिएको छ । बिहीबार गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो । अस्पतालका फिजिसियन डा. रजनी केसी शाह र हाडजोर्नी विशेषज्ञ डा. राहुल मिश्रमा संक्रमण देखिएको स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाहले बताए । उच्च ज्वरो आएपछि उनीहरुको परीक्षण गरिएको थियो ।

यसअघि कोरोना भाइरसबाट संक्रमित व्यक्तिहरुको उपचारमा संलग्न भेरी अस्पताल नेपालगन्जका दुई जना फिजिसीयनमा कोरोना संक्रमण देखिएको थियो । अस्पतालका प्रमुख कन्सल्टेन्ट तथा मेडिक विभाग प्रमुख फिजिसीयन डा. राज पाण्डे र कोरोना फोकल पर्सन डा. संकेतकुमार रिसाललाई कोरोना संक्रमण देखिएको हो ।

उक्त अस्पताललाई कोरोना अस्पतालको रुपमा बिस्तार गरिँदै छ । संक्रमित चिकित्सकलाई अस्पतालकै आइसोलेसनमा राखिएको छ ।