२०७८ मङ्सिर १४ गते मङ्गलवार
२०७८ मङ्सिर १४ गते मङ्गलवार

६ वार्षिय बालिकासहित बाँकेमा थप २७ जनामा कोरोना पुष्टि

नेपालगञ्ज : बाँकेमा बिहिबार २७ जना कोरोना संक्रमित थपिएका छन ।

भेरी अस्पताल नेपालगन्जका अनुसार बाँकेका बिभिन्न पालिकाबाट संकलन गरीएको स्वाव परिक्षणका क्रममा २७ जनामा संक्रमण पुष्टि भएको हो ।

नयाँ संक्रमितमध्ये नेपालगन्जका ११, कोहलपुरका ७, जानकीका ६ तथा राप्तीसोनारी र खजुराका १/१ जना रहेका छन । संक्रमितहरु ६ वार्षिय बालिकादेखी ५८ वर्षिय पुरुषसम्म रहेको भेरी अस्पतालले जनाएको छ ।

त्यसैगरी भेरी अस्पतालको प्रयोगशालामा गरीएको परिक्षणमा बर्दियाका २ जना तथा गोर्खा, नवलपरासी, कपिलवस्तु, रुकुम, मकवानपुर र तनहुँका १ १ गरी जिल्ला बाहिरका ८ जनामा समेत संक्रमण देखिएको छ ।