२०७८ मङ्सिर १८ गते शनिवार
२०७८ मङ्सिर १८ गते शनिवार

पर्याप्त रुपमा पिसिआर गर्न सरकारी आलटाल : नेता गिरी

घोराही : पुर्बमन्त्री तथा कांग्रेस केन्द्रिय सदस्य दिपक गिरीले दाङका जनताको पर्याप्तरुपमा पिसिआर गर्नतर्फ सरकारी आलटालको कडा शब्दमा बिरोध गरेका छन ।

अनलाइनसंगको कुराकानीमा नेता गिरिले सार्बजनिक रुपमा अपिल गर्दै जनताको पिसिआर टेष्ट नहुनु दु:खद पक्ष भएको र त्यसमा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले आफै उद्घाटन गरेको आइसियु चल्न नसक्नुले कम्युनिष्ट सरकार जनताको स्वास्थ्य प्रती गम्भिर छैन भन्ने कुरा स्पष्ट भएको बताए ।

‘पछिल्लो समयमा दाङसहित देशभर कोरोनाको महामारी तिब्र अबस्थामा छ । कोरोनाको महामारी नियन्त्रण गरि यसबाट बच्नका लागि सबैले आ-आफ्नो स्थानबाट सजगता अपनाऔ । यसअघि लकडाउनकै बिचमा प्रदेश ५ का मुख्यमन्त्रीले राप्ती स्वास्थ्य प्रतिष्ठानमा आफै पुगेर आइसियु सहितको सेवा उद्घाटन गरेको अबस्थामा अहिले प्रतिष्ठानसहित कोरोना अस्पताल बेलझुण्डिमा रहेका भेन्टिलेटरसहित आइसियु सेवा बजेट र जनशक्ति अभाबमा ठप्प रहेको यो महामारीको बेला आम दङ्गालिबासिकोतर्फबाट दुख लागेको छ’ – कांग्रेस नेता गिरिले थपे -‘मुख्यमन्त्रीसहित दाङका सबै जनप्रतिनिधिले अस्पताल अनुगमनकै क्रममा बजेटको कुनै अभाब हुन नदिने सार्बजनिक प्रतिवद्धता यो महामारीको बेला कुनै आग्रह, पुर्बाग्रह बिना पुरा गर्न अनुरोध गर्दछु ।’

उनले अस्पताल हामी सबैको साझा सम्पत्ति भएकाले अहिले कोभिडमा दाङको प्रतिष्ठानसहित तुलसीपुरको राप्ती प्रादेशिक अस्पतालले सुबिधाको हिसाबले मुहार फेर्ने उचित अवसर आएको र आउदा दिनमा स-साना उपचारकै लागि जिल्ला बाहीर जानुपर्ने समस्या हटाउन सबैतिरबाट पहल हुनेछ भन्ने बिस्वास लिएको भन्दै कोरोना नियन्त्रणमा जिल्लास्तरमा भइरहेका प्रयासहरुलाई प्रभाबकारी, जनमुखि र फलदायी बनाउन सार्बजनिकरुपमा अपिल गरे ।