२०७९ असोज १३ गते बिहिवार
२०७९ असोज १३ गते बिहिवार

नेपालमा ५६ प्रतिशत कोरोना सङ्क्रमित निको

फाइल तस्वीर ।

काठमाण्डौं : कोरोना सङ्क्रमितमध्ये ५६ दशमलव ५ प्रतिशत निको भएका छन् । गएको २४ घण्टामा ५ सय ६९ जना निको भएसँगै कोरोना जित्नेको संख्या २० हजार ७३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

बिहीबार १२ हजार ६ सय २९ जनाको परीक्षण गर्दा ३ सय ३४ महिला र ७ सय ७७ पुरुष गरी एक हजार एक सय ११ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या ३५ हजार ५ सय २९ पुगेको छ ।

१ सय ४७ जनाको आईसीयू र १७ जनाको भेन्टिलेटरमा उपचार भैरहेको छ । अहिलेसम्म ६ लाख ४७ हजार ८ सय ८१ जनाको पीसीआर परीक्षण गर्दा ३५ हजार ५ सय २९ जनाको रिपोर्ट पोजेटिभ आएको हो । अहिले ६ हजार २ सय १० जना होम आइसोलेशनमा छन् । ९ हजार ४ सय ८८ जना भने क्वरेण्टीनमा रहेका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।