२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु

सांकेतिक तस्वीर ।

काठमाण्डौ : धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा थप दुई जना कोरोना सङ्क्रमितको ज्यान गएको छ ।

बिहान एक जना पुरुष र एक जना महिला सङ्क्रमितको ज्यान गएको प्रतिष्ठानले जनाएको छ । ज्यान गुमाउनेहरुमा झापाको दमक नगरपालिका ३ घर भएका ८३ वर्षीय पुरुष र मोरङको बेलबारी नगरपालिका ५ की ५६ वर्षीया महिला रहेका छन् ।

योसँगै अहिलेसम्म बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान उपचारका क्रममा ज्यान गुमाउनेको संख्या १५ पुगेको छ ।

यसैबिच भक्तपुरमा एक जना कोरोना सङ्क्रमितको ज्यान गएको छ ।

गठ्ठाघरमा रहेको नागरिक कम्युनिटी अस्पतालमा उपचारको लागि ल्याइएकी स्थानीय ६२ वर्षीया महिलाको गएराति ज्यान गएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिनुभयो ।

कोरोना सङ्क्रमणका कारण महिलाको मृत्युपछि अस्पतालको आकस्मिक र ओपीडी आज र भोलि दुई दिनका लागि बन्द गरिएको उहाँले जानकारी दिनुभयो ।