२०७८ मङ्सिर ११ गते शनिवार
२०७८ मङ्सिर ११ गते शनिवार

तुलसीपुरका २ सरकारी कार्यालय र ४ वटा घर सिल

तुलसीपुर : तुलसीपुरमा २ वटा सरकारी कार्यालय र ४ वटा घर सिल गरिएको छ । तुलसीपुर क्षेत्रमा बढ्दै गएको कोरोना जोखिमलाई मध्यनजर गदै संक्रमित देखिएका चार घर र दुई वटा सरकारी कार्यालयलाई सिल गरिएको हो ।

तुलसीपुर उपमहानगरपालिकाका कोभिड १९ का फोकल पर्सन विमल केसीका अनुसार ईलाका प्रशासन कार्यालय तुलसीपुरमा कार्यरत सवारी चालकलाई कोरोना संक्रमण पुष्टि भएपछि कार्यालय सिल गरिएको छ ।

त्यस्तैगरी तुलसीपुर ११ मा रहेको उरहरी स्वास्थ्य चौकीमा कार्यरत एक जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि स्वास्थ्य चौकी पनि सिल गरिएको छ । त्यस्तैगरी उनीहरुको घर र अन्य दुई जना संक्रमितहरुको घर पनि सिल गरिएको छ ।