२०७९ असोज १९ गते बुधवार
२०७९ असोज १९ गते बुधवार

बुटवलमा ट्रकको ठक्करबाट १६ बर्षिय किशोरको मृत्यु

सांकेतिक तस्वीर ।

बुटवल : रुपन्देहीको सैनामैनामा ट्रकको ठक्करबाट एक किशोरको ज्यान गएको छ ।

सैनामैना नगरपालिका वडा नं. ५ बुद्धनगर स्थीत महेन्द्र राजमार्गमा बुटवलबाट पश्चिम तर्फ जादै गरेको ना ६ ख ५७०२ नंको ट्र«कले ठक्कर दिदा स्थानीय बिनोद बिकको निधन भएको हो ।

बिहान करिज सवा ५ बजेको समयमा पैदल हिँडिरहेका १६ बर्षिय बिकलाई ट्र«कले पछाडीबाट ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट घाईते उनको उपचारका क्रममा लुम्विनी प्रादेशिक अस्पतालमा निधन भएको प्रदेश ५ टाफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

ठक्कर दिने ट्र«क र चालक ईलाका प्रहरी कार्यालयको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।