२०७८ मङ्सिर १७ गते शुक्रवार
२०७८ मङ्सिर १७ गते शुक्रवार

तुलसीपुरमा २ महिने नवजात शिशु मृत फेला

फाइल तस्वीर ।

तुलसीपुर : तुलसीपुर १२ मा नवजात शिशुको शव फेला परेको छ ।

तुलसीपुर १२ मालेडाँडा स्थित हस्नापुर कुलोमा शुक्रवार विहान ७/८ बजे बेवारिसे अवस्थामा नवजात शिशुको शव स्थानियले देखेपछि प्रहरीलाई खवर गरेका थिए ।

ईलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार खवर प्राप्त हुना साथ घटनास्थलमा प्रहरीको टोली पुगेपछि नवजात शिशुको शव फेला परेको हो । शवलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याएर राखीएको छ ।

घटनाको प्रकृति हेर्दा शिशु २÷३ महिनाको जस्ता देखीने र घटना स्थलमा स्थानियले देख्नु भन्दा अन्दाजी २ घण्टा अगाडी ल्याएर फालेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

उक्त शिशुलाई कसले र किन ल्याएर छाडेको भन्ने विषयमा केहि खुलेको छैन । घटनाको विषयमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।