२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

उद्योगपती विनोद चौधरीलाई कोरोना संक्रमण

काठमाडौं : उद्योगी विनोद चौधरीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

उनले शुक्रबार आफ्नो ट्विटरमार्फत आफूमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन् ।

कोरोना संक्रमण परीक्षण गर्दा शुक्रबार विहान संक्रमण पुष्टि भएको र आफूमा कुनै लक्षण नदेखिएको चौधरीले उल्लेख गरेका छन् ।

डाक्टरको सुझाव अनुसार आफू आइसोलेसनमा बसेको र आफूसँग सम्पर्कमा रहेकाहरुलाई सतर्कता अपनाउन उनले आग्रह गरेका छन् ।