२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

दाङमा १४ गतेदेखि एक सातासम्म पूर्णरुपमा लकडाउन

फाइल तस्वीर ।

घोराही : दाङमा एक हप्ता सम्मका लागी लकडाउनको घोषणा गरिएको छ । जिल्ला संकट व्यवस्थापन समितिको शुक्रवार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले आउँदो आईतवार राती १२ बजेदेखी आगामी भदौ २१ गते राती सम्मका लागी लकडाउन गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले जानकारी दिएका छन् ।

जिल्लामा कोरोना संक्रमणको जोखिम बढ्दै गएको जिल्लाका पालिका स्तरका प्रमुख तथा प्रतिनिधि, सरोकारवाला निकायहरुको उपस्थितिमा बसेको बैठकले लकडाउन गर्ने निर्णय गरेको हो । हाललाई एक हप्ताको समयअवधी निर्धारण गरेता पनि आगामी २२ गते पछिको अवस्थालाई मज्येनजर गदै फेरी अर्को निर्णय लिने उनले बताएका छन् ।

लकडाउन अवधी भर अत्यावश्यक सवारी साधन बाहेक अन्य यातायात क्षेत्र, उद्योग, कलकारखाना, व्यापार, व्यवसाय , संघसंस्थाका कार्यालय लगाएत सम्पुर्ण बन्द हुनेछन् । साथै नागरिकहरु पनि अत्यवश्यक काम बाहेक अन्य समयमा घर बाहिर निस्कन रोक लगाईएको छ ।