२०७९ असोज १८ गते मङ्गलवार
२०७९ असोज १८ गते मङ्गलवार

कोभिड –१९ र अपराध रोकथाम र नियन्त्रणका लागि समिति गठन

तुलसीपुर : कोभिड – १९ रोकथाम र नियन्त्रणका लागि नेपाल प्रहरीले समुदायसँग मिलेर अभियान सञ्चालन गर्न शुरु गरेको छ ।

नागरिकसँगको सहकार्यमा यो महामारीलाई रोकथाम गर्न, समुदायमा हुने अपराधिक घटना नियन्त्रण गर्न प्रहरीले नागरिकसँगको सहकार्यको रणनीति अगाडी बढाएको छ ।

यसमा ईलाका प्रहरी कार्यालय तुलसीपुरले भाबि रणनीतिक योजनाअन्तर्गत नागरिक प्रहरी साझेदारी अभियान शुरु गरेको हो । ईलाका प्रहरी कार्यालयले मातहतका प्रहरी कार्यालयहरुलाई प्रत्येक टोल बस्तीमा खटाई नागरिकहरुको भेलाबाट टोल सुरक्षा समिति गठन गर्ने अभियान चलाएको हो । ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख शिवबहादुर सिंहका अनुसार हाल सम्म ५ सय ७८ वटा टोल सुरक्षा समिति गठन गरिएको छ । अझै यो अभियान जारि रहने प्रहरी नायव उपरिक्षक सिंहले बताउनुभयो ।

टोल सुरक्षा समितिको कार्यबिधि समेत तयार गरिएको छ । सोही कार्य बिधिको आधारमा टोल भेला गरि टोल सुरक्षा समिति गठन गरिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट वडा नम्वर ६ बिहानी टोलमा खटिएका प्रहरी सहायकनिरिक्षक रमेश बिसीले जानकारी दिनुभयो । बिहानी टोल बिकासको आज शुक्रबार सम्पन्न भेलाले पदन संयोजक रहने कार्यबिधि अनुसार तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ६ का सदस्य यमुना परियार टोल सुरक्षा समितिको संयोजक हुनुभएको छ ।

सह–संयोजकमा सोही टोलकी सिता चौधरी, सदस्य सचिबमा राजकुमार थारु, सदस्यमा शान्ति चौधरी, बिकास चौधरी, लक्ष्मि चौधरी, फुलमति चौधरी, मणीराम बिश्वकर्मा र रुकुमी चौधरीलाई चयन गरिएको छ । त्यस्तै टोल सुरक्षा समितिको सल्लाहकारमा सुशील बस्नेत, प्रेमाचौधरी, मनोज लामिछाने र हिमलाल चौधरीलाई चयनगरिएको सुरक्षा समिति गठनका लागिउक्त टोलमा खटिएका प्रहरी सहायक निरिक्षक बिसीले जानकारी दिनुभयो ।

टोल सुरक्षा समितिको उदेश्य भनेको टोल टोलमाअपराध नियन्त्रण गर्न संयन्त्र निर्माण गर्ने, स्थानीय जन–सहभागित अभिबृद्धि गरि शान्ति सुरक्षाकामगर्ने, बिकास र सुरक्षाबीचको अन्तर–सम्बन्धलाई आत्मसाथ गरी दिगो बिकास गर्ने, प्रहरी र जनताबिच सामिप्यता बढाई प्रत्येक टोल सुरक्षा समस्याहरुको पहिचानगरि समाधानको उपायहरु अबलम्वनगर्ने, शान्ति सुरक्षा स्थापीथ गर्न प्रहरीले मात्र सम्भव छैन् ।

टोल भित्र रहेको हरेक नागरिक बिनाबर्दीका प्रहरी हुनुपर्छ, भन्ने भावनको बिकास गर्ने टोल सुरक्षित भए मात्र आफ्नो छोराछोरीलाई अपराधिक कृयाकलापबाट बचाउन सकिन्छ, भन्ने सोचाईको उजागर गर्ने लगायतका रहेको प्रहरी सहायकनिरिक्षक बिसीले बताउनुभयो ।