२०८१ मङ्सिर २१ गते शुक्रवार
२०८१ मङ्सिर २१ गते शुक्रवार

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९५ पुग्यो

सांकेतिक तस्वीर ।

काठमाडौं : पछिल्लो २४ घण्टामा ९२९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । १० हजार २२९ नमुना परीक्षण गर्दा ३३४ महिला र ५९३ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या ३६ हजार ४५६ पुगेको छ । उनीहरुमध्ये १९५ जनाको मृत्यु भएको छ भने २० हजार २२४ जना संक्रमणमुक्त भएका छन् ।

देशभरमा १६ हजार १९ सक्रिय संक्रमित छन् ।