२०७८ मङ्सिर २ गते बिहिवार
२०७८ मङ्सिर २ गते बिहिवार

अब सबै पालिकामा कम्तीमा ५ शय्याको अस्पताल

सांकेतिक तस्वीर ।

कोरोना भाइरसको सङ्क्रमण र ज्यान गुमाउनेको दर बढ्दै गएपछि सरकारले सङ्घ, प्रदेश र पालिकामा गरी ६ हजारभन्दा बढी शय्या थप गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार केन्द्रीय अस्पताल, प्रदेश र पालिका तहमा गरी ६ हजार दुई सय दुई वटा शय्या थप भएका छन् । केन्द्रीय अस्पतालमा एक हजार, प्रादेशिक अस्पतालमा एक हजार नौ सय ५७ शय्या थप भएको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताउनुभयो ।

यस्तै विभिन्न ६ सय ४९ पालिकामा तीन हजार दुई सय ४५ वटा शय्या थप भएका छन् । अस्पताल नभएका प्रत्येक पालिकामा पाँच वटा बेड थप भएका हुन् । हरेक अस्पतालमा जनशक्तिसहित शय्या थप गरिएको हो ।