२०८१ बैशाख ४ गते मङ्गलवार
२०८१ बैशाख ४ गते मङ्गलवार

सज्जा बनिन् नेपाल आइडल सिजन ३ को विजेता

नेपाल आइडल (सिजन ३) को विजेता सज्जा चौलागाईं बनेकी छिन् ।

फर्स्ट रनरअप प्रवीण बेडुवाल बने भने सेकेन्ड रनरअप किरणकुमार भुजेल बने । फाइनलमा सज्जा सँगै प्रवीण बेडवाल त किरण कुमार भुजेल पुगेका थिए ।

सज्जाले ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गरेकी छिन् । यसैगरी प्रवीणले १० लाख र किरणले पाँच लाख नगद प्राप्त गरेका छन् ।

आइडलका एक सदस्यमा कोरोना सङ्क्रमण पुष्टि भएपछि अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष रामेश्वर थापाले आइडलको घोषणा गरेका थिए ।