नारायणी अस्पतालको प्रयोगशालामा शुक्रबार राति गरिएको परीक्षणमा एक प्रहरी निरीक्षकसहित थप ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाका अनुसार ४ सय ४३ जनाको स्वाब परीक्षण गर्दा ५० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमितमध्ये ३१ जना पर्साका, ८ जना बारा, ४ जना धनुषा, ३ जना महोत्तरी, दुई जना सर्लाही, एकरएक जना काठमाडौं र रौतहटका बासिन्दा हुन् । ५ महिलासहित १५ वर्षदेखि ५६ वर्ष उमेर समूहका ५० जनामा कोरोना संक्रमण पुष्टि भएको प्रवक्ता डा. चौरसियाले बताए । कन्ट्याक्ट ट्रेसिङको क्रममा १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।