२०७९ असोज १३ गते बिहिवार
२०७९ असोज १३ गते बिहिवार

क्वारेन्टाइन सुरक्षामा खटिएका ३ सैनिकमा कोरोना संक्रमण

फाईल तस्विर ।

धरानमा तीन जना नेपाली सेनासहित ६ जनामा कोरोना संक्रमित भएको छ । शनिबार बिहान आएको पीसीआर रिपोर्ट अनुसार संक्रमित हुने नेपाली सेनाहरु धरान–१७ स्थित एन्फा क्वारेन्टाइनमा सुरक्षार्थ खट्दै आएका थिए ।

धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार क्वारेन्टाइनमा खटिएका २६ वर्षीय, २५ वर्षीय र २७ वर्षीय सैनिकहरुमा संक्रमण पुष्टि भएको छ । उनीहरुलाई सामान्य ज्वरो आउन थालेको पनि जानकारी आएको उनले बताए ।