२०८० चैत्र १५ गते बिहिवार
२०८० चैत्र १५ गते बिहिवार

माहुरीपालनबाट बार्षिक ६ लाख आम्दानी गर्दै खड्का

शान्तिनगर २ बाघमारे निवासी शशिराम खड्का विगत १६ बर्ष देखि माहुरी पालनमा व्यस्त छन् । सुरुमा २ वटा घार देखि माहुरीपालन गर्न सुरु गरेका उनले अहिले २०० वटा घारमा माहुरीपालन गर्छन् । खड्काको दिन चर्या माहुरीमा पालनमै वित्ने गर्दछ ।

माहुरीपालनबाट राम्रै आम्दानी हुने गरेको उनि बताउँछन् । बर्षमा करिब ६ लाख सम्म आम्दानी हुने गर्दछ । बर्षमा २० देखि ३० क्विन्टल मह उत्पादन गर्ने गरेको छहरा अनलाईनसंगको कुराकानीमा सुनाए ।

सुरुमा मह र माहुरीको ब्यापर राम्रो न हुँदा निराश भएको खड्काको अनुभव छ । तर अहिले मह माग बढ्दो रहेको उनले बताए । हिजो आज मह व्यापारीहरुले दिनहुँ मह छ कि छैन भनेर सम्पर्क गर्ने गर्दछन् ।

खड्का घरमा ६ महिना बस्छन् भने सल्यान र बर्दियामा ६ महिना बस्ने गर्दछन् । विभिन्न पेशा गरेका उनले अरु कुनैमा भविष्यमा नेदेखेपछि मौरीपालनमा लागेका हुन् । अरुमा धेरै दुख गरियो अब येहि पेशालाई जीवन भरी अङगाल्छु् उनि बताउँछन् । उनले अहिले सम्म कुनै सरकारी तथा संघ संस्थाको अनुदान र सहयोग पाएका छैनन् ।
नेताको गुलामी गर्ने र आसेपासेले खाएको यो देशमा बास्तविक कृषकहरुलाई कसैले नहेरेको उनि बताउछन् ।