२०७९ असोज १३ गते बिहिवार
२०७९ असोज १३ गते बिहिवार

राप्ती प्रादेशिक अस्पतालका चिकित्सकसहित ९ जनामा कोरोना

राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा कार्यरत दुई जना चिकित्सक सहित ९ जनामा कोरोना संक्रमण देखिएको छ । शनिवार आएको पिसिआर रिपोर्ट अनुसार अस्पतालमा कार्यरत दुई जना विषेशज्ञ चिकित्सक, ४ जना स्वास्थ्यकर्मी र ३ जना कार्यालय सहयोगीमा कोरोना पोजेटिभ देखिएको हो ।

समुदाय स्तरमा कोरोना संक्रमण बढे पछि दाङमा समुदाय स्तरमा परिक्षण बढाइएको अवस्थामा अस्पतालमा कोरोना संक्रमण भेटिएको हो । प्रादेशिक अस्पतालमा अन्य विरामीहरुको उपचार हुदै आएको छ । यो सहित दाङका शुक्रवार १६ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमित चिकित्सक र स्वास्थ्यकर्मीहरुलाई बेलझुण्डी स्थित कोरोना अस्पतालमा लैजाने तयारी गरिएको छ ।

अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र सहयोगीलाई कोरोना संक्रमण देखिए पछि अस्पताल सिल गरिने तयारी भएको छ । अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट डा. सर्वेश शर्माले अवस्था हेरेर कन्ट्याक्ट ट्रेसिङ गरिदा सम्ममा अस्पताल पूर्ण रुपमा सिल गर्नु पर्ने अबस्था देखिएको बताए ।