२०७८ मङ्सिर ४ गते शनिवार
२०७८ मङ्सिर ४ गते शनिवार

२६ शय्याको महिलामैत्री आइसोलेसन कक्ष निर्माण

फाइल तस्वीर ।

बर्दिया जिल्लामा महिलामैत्री आइसोलेसन कक्ष निर्माण भएको छ । दुई साताअघि महिलालाई मात्र राख्न मिल्ने आइसोलेसन सञ्चालनमा ल्याइएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

जिल्ला समन्वय समितिले बनाएको उक्त आइसोलेसन वार्डमा जेनेरेटरसहित एसी जडान गरिएको छ । संक्रमितको उपचारका लागि दुई स्वास्थ्यकर्मी र सुरक्षाकर्मी छन् । २६ शय्याको उपचार केन्द्र बनाइएको जिससका प्रमुख शंकरप्रसाद थारूले बताए ।

संक्रमितका लागि उपचार केन्द्र नहुँदा बाँकेलगायत जिल्लामा जानुपर्ने बाध्यता थियो । आइसोलेसन निर्माणमा करिब १ लाख ५० हजार रुपैयाँ जिससले व्यहोरेको छ ।

कोरोना संक्रमित महिलाको अब यहीं उपचार हुनेछ । जिल्लामा शुक्रबारसम्म ३ सय २९ जना कोरोना संक्रमितमध्ये ६२ जना महिला रहेका छन् ।

तीमध्ये ५२ जना निको भएर घर फर्केका छन् ।

-कान्तिपुर