२०७८ मङ्सिर १४ गते मङ्गलवार
२०७८ मङ्सिर १४ गते मङ्गलवार

पानीमा डुबेर घोराहीमा दुई जनाको मृत्यु

सांकेतिक तस्वीर ।

दाङमा पानीमा डुबेर दुई जनाको मृत्यु भएको छ ।

घोराही उपमहानगरपालिका वडा नं.१७ धोब्ले बस्ने बिष्णु बिकका २ बर्षीय छोराको घर नजिकै कुलोमा डुबेर शनिबार बिहान साढे १० बजे मृत्यु भएको ५ नं. प्रदेश प्रहरी कार्यालय दाङका प्रवक्ता राज कुमार बैदवारले जानकारी दिए ।

यसैगरी तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ अक्कासी बस्ने ४० बर्षीय तेजबहादुर खड्का कुलोमा डुबेको अवस्थामा मृत फेला परेका छन् ।

घोराही उपमहानगरपालिका वडा नं. ११ पत्रेफाल्ने खोलाको खेतमा जाने कुलोमा उत्तानो परेको अबस्थामा शनिबार बिहान मृत भेटिएका थिए ।