२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

१३ किलो गाँजासहित दुई जना पक्राउ

बाँके प्रहरीले १३ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय बनकट्टी (क) बाँकेबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा बाँके कोहलपुर नगरपालिका ११ का ४२ बर्षिय बिसराम थारु र राप्तीसोनारी गाउँपालिका ५ गोरधुई का २५ बर्षिय रामबहादुर चौधरीलाई उक्त परिमाणको गाँजासहित शनिबार डुडुवा गाउँपालिका ५, कमरसाबाट पक्राउ गरिएको बाँके प्रहरी प्रबक्ता प्रहरी नायब उपरीक्षक सुबास खड्काले जानकारी दिए ।

प्रहरीले उनिहरुको साथबाट २ वटा प्लाष्टिकको बोरा र २ वटा प्लाष्टिकको झोलामा बनाई राखेको १३ किलो गाँजा बरामद गरेको जनाएको छ । गाँजासहित पक्राउ परेका उनिहरुलाई नियन्त्रणमा लिई थप आवश्यक अनुसन्धान गरीरहेको प्रहरीले जनाएको छ ।