२०८१ बैशाख ४ गते मङ्गलवार
२०८१ बैशाख ४ गते मङ्गलवार

एकैदिन १२२१ जनामा कोरोना पुष्टि, १४ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा १२ सय २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। ३४८ महिला र ८७३ पुरुष गरेर २४ घण्टामा १२ सय २१ जनामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार १२ हजार १७ जनाको पीसीआर परीक्षण गर्दा १२ सय २१ जनामा कोरोना पुष्टि भएको हो।

योसँगै नेपालमा कुल संक्रमितको संख्या ३८ हजार ५६१ पुगेको छ।

मन्त्रालयका अनुसार २४ घण्टामा २६७ जना डिस्चार्ज भएका छन्। योसँगै कोरोना जित्नेको संख्या २० हजार ७२२ पुगेको छ। यो निको हुनेको संख्या ५४ प्रतिशत हो।

२४ घण्टामा थप १४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या २२१ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा चार महिला र १० जना पुरुषको मृत्यु भएको हो ।