२०८१ बैशाख ६ गते बिहिवार
२०८१ बैशाख ६ गते बिहिवार

सरकारी सेवा सुविधा सरह सेवा प्रवाह गछौं : सिटी हस्पिटल

तुलसीपुरमा क्षेत्रमा रहेका केहि निजी हस्पिटल मध्ये सिटी हस्पिटलले बिरामीको चापलाई मध्यनजर गर्दै सरकारी सेवा सुविधा सरह सेवा प्रवाह गर्ने प्रतिवद्धता जनाएको छ ।

अस्पताल व्यवस्थापन समितिको आकस्मिक बैठकले बिरामी भर्ना, ल्याव, एक्सरे सकारकारी दररेटमै गर्ने भएको छ, भने डाक्टरले गर्ने चेकजाँचको शुल्क मिनाह गरेको छ ।

यस अघि डाक्टरको शुल्क साढे तीन सय रुपैयाँ लिने गरेको थियो ।

२५ शैयाको यस अस्पतालमा बिरामी भेट्ने आउने र कुरुवाका लागि छुट्टै व्यवस्था गरिएको छ । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बिमल रिजालले अस्पतालमा कार्यरत डाक्टर र स्वास्थ्यकर्मीहरुलाई उच्च मनोबलका साथ काम गर्न निर्देशन दिएका छन् ।

यसैविच तुलसीपुर उपमहागनरपालिका नगर प्रमुख घनश्याम पाण्डेले आइतबार सिटी हस्पिटलको निरीक्षण गर्दै बिरामीलाई सहजरु रुपमा सेवा प्रवाह गर्न आग्रह गरेका छन् ।

राप्ती प्रादेशिक अस्पताल सिल भएपछि सर्वसाधारण नागरिकको भिडभाड निजी क्लिनिक र हस्पिटलमा हुने भएकाले माहामारीको समयमा मानवीय संवेदनालाई ख्याल गरेर उपचारमा लाग्न नगर प्रमुख घनश्याम पाण्डेले सबैमा अपिल गरेका हुन् ।