२०७८ मङ्सिर १४ गते मङ्गलवार
२०७८ मङ्सिर १४ गते मङ्गलवार

गोरु काटेको आरोपमा दुईजना पक्राउ

सांकेतिक तस्वीर ।

गोरु काटेको आरोपमा दुईजना पक्राउ परेका छन् ।

दोलखाको तामाकोसी गाउँपालिका ७ हावाबाट गोरु काटेको आरोपमा जिरी नगरपालिका ९ खोल्मे बस्‍ने ३१ वर्षीय पोसबहादुर तामाङ र अर्का एकजनालाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुले सोही ठाउँस्थित बारीमा गोरु काटिरहेको पाइएको प्रहरीले जनाएको छ ।