२०८१ बैशाख ६ गते बिहिवार
२०८१ बैशाख ६ गते बिहिवार

थप ८९९ जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या ३९ हजार ४६० पुग्यो

पछिल्लो २४ घण्टामा ८९९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। ३३० महिला र ५९६ पुरुष गरी ८९९ जनामा संक्रमण पुष्टि भएको हो। आइतबार मात्रै १२ सय ११ जनामा कोरोना पुष्टि भएको थियो।

मन्त्रालयका प्रवक्ता गौतमका पीसीआर परीक्षण गरिएका ११ हजार १२९ स्वाबमध्ये ८९९ स्वाबको कोरोना रिपोर्ट पोजिटिभ आएको हो। योसँगै नेपालमा कुल संक्रमितको संख्या ३९ हजार ४६० पुगेको छ।

मन्त्रालयका अनुसार नेपालमा कोरोना जित्नेको संख्या २१ हजार ४१० पुगेको छ।

अहिले क्वारेन्टाइनमा ७ हजार ३३७ जना रहेका छन्। नेपाल सक्रिय संक्रमितको संख्या १७ हजार ८२२ रहेको छ। संस्थागत आइसोलेसनमा १० हजार ७०१ जना रहेका छन्, भने होम आइसोलेसनमा ७ हजार १२१ जनाको उपचार भइरहेको छ।