२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

नेपालमा कोरोना संक्रमणबाट २ सय २८ जनाको मृत्यु

सांकेतिक तस्वीर ।

कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ७ जनाको मृत्यु भएको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमका अनुसार सोमबार कोरोनाको संक्रमणबाट थप ७ जनाको मृत्यु भएको हो।

योसँगै कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय २८ पुगेको छ।

सोमबार मृत्यु हुनेमा ज्यान गुमाउने तीन जना महिला छन्। जसमध्ये महोत्तरीका चार वर्षीया बालिका समेत छिन्। अन्य दुई जना महिला गोरखा र रूपन्देहीका छन्।

त्यसैगरी झापा, रौटहट, चितवन र भक्तपुरमा एक/एक जना पुरूषले ज्यान गुमाएका छन्।