२०७९ असोज १३ गते बिहिवार
२०७९ असोज १३ गते बिहिवार

माछा मार्न गएका २ बालिकाको नदीमा डुबेर मृत्यु

सांकेतिक तस्वीर ।

माछा मार्न गएका दुई बालिकाको सोमबार दोदा नदीमा डुबेर मृत्यु भएको छ ।

कञ्चनपुरको लालझाडी गाउँपालिका–३ कञ्जका १४ वर्षीया निष्ठा राना र १५ वर्षीया मोनिका रानाको मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरुसँगै माछा मार्न गएकी १२ वर्षीया अनु रानाको सकुशल उद्धार गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी अमरबहादुर थापाका दोदा नदीमा माछा मार्ने क्रममा तीनै बालिकाहरु बगेका हुन् । दु

दुई जना भने बगेको स्थानबाट ३ सय मिटर टाढा मृत अवस्थामा भेटिएको उनले बताए ।