२०७८ मङ्सिर १९ गते आइतवार
२०७८ मङ्सिर १९ गते आइतवार

दाङमा संक्रमितको संख्या ७८४ पुग्यो, ६९८ जना डिस्चार्ज

सोमबार दाङमा थप १२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा घोराही उपमहानगरपालिकाका ३ महिला र ९ जना पुरुषमा गरी १२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय जनाएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका फोकल पर्सन कमल चन्दले दिएको जानकारी अनुसार आज कोरोना पुष्टि हुनेमा घोराही १४ का ५९, ५२ र ६५ वर्षका पुरुष रहेका छन् । त्यस्तै १४ कै २२ र ४६ वर्षीया महिला रहेका छन् । त्यसैगरी वडा नम्बर १५ का ५०, ५६, ३०, २१ र ३३ वर्षका पुरुष र १५ वर्षीया महिला रहेका छन् । त्यसैगरी वडा नम्बर १० की ३३ वर्षीया महिलामा पनि कोरोना पुष्टि भएको फोलक पर्सन चन्दले बताउनुभयो ।

यससँगै दाङमा कोरोना संक्रमितको संख्या ७८४ पुगेको छ । जसमध्ये ६९८ जना निको भएर डिस्चार्ज भइसकेका छन् ।