२०७८ मङ्सिर १४ गते मङ्गलवार
२०७८ मङ्सिर १४ गते मङ्गलवार

सुवाकोटी देवतापुजा पर्व र यसको महत्व

लेखक अर्जुन भण्डारी ।

यस बर्ष सूवाकोटी पर्व देऊपुजाई २०७७/०५/१० गतेबाट सुरू भई १६ गते आज अन्त्य हुँदैछ।

भाद्र शुक्लपक्षको अष्टमी तिथिबाट शुरू भई भाद्र शुक्लपक्षको चतुर्दशी तिथीमा सातौं दिनसम्म अर्थात ईन्द्रजात्राको दीन ठूलो हर्ष उल्लाशमा यो पर्व उत्सवको रूपमा समापन गरिन्छ। यस बर्ष तिथि घटबढ भएकोले छैटौ दिनमा अन्त्य हुँदै छ।

सुवाकोटी देवता पुजाको ऐतिहासिक पृष्ठभूमि प्राचीनकालको मानव सभ्यतासँग जोडिऐको छ । पृथ्वीमा अबौं बर्ष अगाडि उत्पत्ति र मानव सभ्यताको उत्पत्ति, विकास र प्रभुत्व नवजीव महाकल्पमा भएको थियो । मानव सभ्यताको विकास मेसोपोटासीयन सभ्यताबाट भएको पाईन्छ। प्राचीनकालमा मानव जातिका बिभिन्न धर्म, सँस्कृति, चालचलन, रितिरिवाज, भेषभूषा, सामाजिक, परम्पराको साथै विभिन्न देवदेवीको उत्पत्तिसँगै मानव जातिको विकास र विस्तार भएको पाईन्छ। यसै क्रममा देऊपुजाई वा सुवाकोटी देवताको उत्पत्ति भएको हो, भन्ने कुरा हिन्दु ग्रन्थको स्कन्धपुराणमा समेत उल्लेख गरिएको छ।

प्राचिनकालको ईतिहासलाई पल्टाएर हेर्ने हो, भने सुवाकोटी देवताको उत्पत्ति नेपाल राज्यको उत्पत्ति भन्दा हजारौ बर्ष अगाडि हालको पश्चिम नेपालको हिमाली प्रदेशमा अवस्थित जुम्ला जिल्लाको सिजाखोलामा उत्पत्ति भएको थियो । यो सिजाखोला सिजाकोट उपत्यकामा पर्दछ। सुवाकोटी देवताको पहिलो पुजाआराधाना गरेको सिजाकोट निगालसोरी चौखेढुँगा भन्ने ठाऊँमा मूलथलो थान बनाई पुजाआराधाना गरिएको थियो।सुवाकोटी देवताको ऐतिहासिक उत्पत्तिसंगै प्राचीनकाल देखि नै सुवाकोटी देवतालाई मानधाता गोत्रका सिजापति भण्डारीका वंशजबाट पुजाआजा शूरू गरिएको थियो, भन्ने कुरा किमदंन्ति रहि आएको सुविकोटी देवताका धामी (डाँगर) ७३ बर्षिय दंगिशरण गाउँपालिका मिरौली दाङका समाजसेवी कृर्तवीर भण्डारी बताउनु हुन्छ। सिजापति भण्डारीबाट आफ्नो मुख्य कुल देवताको रूपमा पुजाआराधाना गरि आफ्नो वंशजलाई धन, सम्पति, परिवारको वंशज बृद्बि गरि शक्ति प्राप्ति गरी, सबै मनोकामना पुरा भएको र शत्रु बैरी प्ररास्त्र निस्तेज भएको भन्ने बिश्वास गरिन्छ ।

एक बर्षमा एकपटक सुवाकोटीदेवतालाई पुजाआराधाना गर्नुपर्ने हुन्छ ।गरीन्छ।प्राचीनकाल देखि वर्तमान सम्ममा पनि मानधाता गोत्रबन्धुहरूको सूवाकोटीदेवता मुख्यदेवता नै हुन सुवाकोटी पुजाआजा गर्ने सबै मानधाता बन्दुहरू । सबै जातजातिको हाडनाता कहिल्यै नछुट्टिने र एउटै परिवार भित्रको भाई बन्धु र भाईचाराको सम्बन्ध भएको र जो जुन ठाँऊको भए पनि सबै मानधाता बन्धुलाई समाबेश गरीन्छ । सुवाकोटी देवताको यति सम्मको शक्ति थियो, कि सत्ययुगमा उत्पत्ति स्थान पुजा गरिने स्थान थान निगालसोली चौखढुँगा भन्ने थानमा आफ्नो मुनि वा बार्षिकि पुजाआराधाना गर्ने स्थानमा देवतापुजाको लागीआबश्यक सामाग्री सहित सबै वस्तु हरू र स्थान स्वतह सफा, सुन्दर ,सजिसजावट, रमणिय स्थल हुने गर्थ्यो।

सूवाकोटी देवतालाई विश्वप्रशिद्ध, प्रख्यात देवता पनि भनिन्छ।यीनीलाई देऊपुजाई, मुनि, ईश्वर, प्रमेश्वर आदि नामले पनि पुकारीन्छ। प्राचीनकालमा नेपाल भनि चिनिने काठमान्डौमा उपत्यकाका राजा गुणकामदेवले सुवाकोटी देवताको शक्तिलाई देखेर आफैले पुजाआराधना गरि उत्सवको रूपमा ईन्द्रजात्राको शुरूवात गरेका थिए । सुवाकोटी देवताको पुजा गर्दा सात दिन सम्म गरिन्छ । पुजा गर्दा एउटा ब्यक्तिलाई पुजारी गराईन्छ । जुन ब्यक्तिलाई देवताले समात्ने गर्छन, उसैलाई नै दैवीय शक्ति प्राप्त हुन्छ, त्यो नै धामि वा डाँगर हुन्छ। सात दिनसम्मै देउतालाई डाकेर देउता चलाईन्छ। जो भाषालाई काम्ने भनिन्छ।

देउपुजाईको सात दिन सम्म माछा, मासु, लसुन, प्याज, दाल, दुध, विहान भात, तारेर पकाको तरकारी खानामा बन्देज छ । यदि कोहि कसैले खाएमा स्वयम परिवार अनिष्टको जिम्मेवार हुनु पर्छ । पहिलो दिनमा घर आँगन लिपपोत, सरसफाई गरिन्छ। सबैलाई सुनपानी सहितले चोखो बनाईन्छ। सात दिनको पहिलो दिनदेखि बेलुका–वेलुका पुजा गरिन्छ। पुजा गर्दा सुगाकोटी, रेखि, पिनारेखि, राँगाबाछीला, जालीका,भूँ मर्खिदेवी, महाकालीका आदि देवीदेवताको पुजा गरिन्छ।साथै मष्टदेवाको पनि पुजा गरिन्छ। यो क्रम पाँचौ दिनसम्म चल्छ । छैटौ दिनमा भाईपाठो बोका चढाउने प्रचलन रहेको छ । सातौ दिनमा मानधाता गोत्रबाट अरू गोत्रमा विबाह भएर गएकि छोरी चेलीहरूबाट पनि माईति देवतालाई पनि बोका र पोखल ल्याऊने चलन छ । यदि छोरीचेलीबाट देउपुजाईमा आएर प्रर्साद ग्रहण (खाए) गरे सम्पन्ताले परिपुर्णा हुन्छिन, भन्ने विश्वास रहि आएको छ। यस दिन फुलमास चढाऊने भन्ने चलन छ। यस दिन अरूदिन भन्दा खुशीको दिन हुन्छ।धुमधामका साथ साथै रोटी, खिर, मालपुवा, र बोका फल्लहार डाँगर (धामी)बाट उफारीन्छ। गाऊँघर टोल छिमेक ईष्टमित्र सबै हेर्ने प्रसाद खुवाईन्छ ।

सुवाकोटी देवताको प्रसादमात्र खाएमा आफ्नो मनोकामना पुरा हुन्छ भन्ने विश्वास रहि आएको छ। यदि कुनै मानधाता गोत्रबन्धु बाट आफ्नो कुलदेव सुवाकोटीलाई पुजाआराधाना नगरेमा कुनै पनि कार्यगर्दा असफल हुने, धनसम्पति नष्ट हुने, रोग कष्ट, बिरामी हुने संन्तान प्राप्ति नहुने, ग्रहदशा लाग्ने, झै झगडा हुने साथै अनिष्ट हुने विश्वास रहि आएको छ। प्राचीनकालदेखि हालसम्म पनि सुवाटोटीको पुजा स्थानमा ठूलठूला मेला लगाई पर्वको रुपमा मनाउने प्रलन रहीआएको थियो, छ पनि।

खस आर्याहरूले राज्यगरेको नेपालको धेरै भागहरूमा सुवाकोटी देवताको धेरै महत्व रहको छ।यदि यसको महत्व र प्रचारप्रसारण गर्ना सकेमा र सबै मानधाता गोत्रबन्धुहरू एक भएर पुजाआराधाना गर्ना सकेमा सामाजिक, साँस्कृतिक र आर्थिक लगायत प्रर्यटकिय क्षेत्रमा आन्तरिक र बाह्रय क्षेत्रमा समग्रह गाँऊटोल समाज र देशलाई नै यस प्रकारको सँस्कृतिक महत्वको चाडपर्वले केहीनाकेहि पक्षमा पक्कै टेवा पुग्ने थियो कि ?

अर्जुन भण्डारी
दंगिशरण ५ मिरौली
(हाल तुलसीपुर ९ विकासनगर दाङ)